ठगीको अभियोगमा दुई पक्राउ

काठमाडाैं | कात्तिक २५, २०८१

ठगीको अभियोगमा दुई पक्राउ

काठमाडौं:    वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा  रकम ठगेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । 


प्रहरीले धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ गरेको हो । 


अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु १९ लाख ७० हजार र पराजुलीले रु आठ लाख १७ हजार ठगेका थिए । 


अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्